अमेरिकामा एकै दिन थपिए ६१ हजार बढी कोरोना संक्रमित

एजेन्सी, २५ असार । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बुधबार हालसम्मकै बढी दैनिक संक्रमित फेला परेका छन् ।

वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार एकै दिन मात्र ६१ हजार ८४८ जनामा संक्रमण पुष्टि भएकाे छ । अमेरिकामा बिहीबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या ३१ लाख ५८ हजार ९३२ पुगेकाे छ ।

हाल अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या कम हुँदै गएकाे छ । त्यहाँ हालसम्म १ लाख ३९ हजार ६७९ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । बुधबार त्यहाँ काेराेनाबाट ८९० जनाकाे ज्यान गएकाे छ । तर अहिले अमेरिकामा निकाे हुनेकाे संख्या बढिरहेकाे छ । हालसम्म १३ लाख ९२ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ ।

पछिल्लाे २४ घण्टामा (बुधबार) त्यहाँ ३७ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १६ लाख ३१ हजारभन्दा बढी मानिसमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा