अध्यक्ष प्रचण्डको अस्थिर राजनीतिमा आफन्तवादको चक्रव्युह, सहकर्मीको अवसान र घोटला

राजनीतिका चतुर खेडाडी हुन्, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड । बचन तथा व्यवहारमा अडान राख्न नसक्ने नेपाली राजनीतिका एक प्रख्यात नाम हो, पुष्पकमल दाहाल प्रचण्ड । उनले प्रत्येक मिनेटमा आफ्नो बचन छेपारोले रंग फेरे झैं रंग फेर्न र जनतालाई भ्रमको चक्रव्युहमा राख्न खप्पीस नेताका रुपमा परिचित विशिष्ठ व्यक्ति जसले राष्ट्रियता पहिलो हैन, आफ्नो परिवारवादमा रुमलिएर आत्मसन्तुस्टि लिन खप्पीस नेतृत्वका रुपमा जनताको माझ प्रख्यात भएका छन् ।

उनी आफुले पनि केही गर्न सक्दैनन् र अरुले गरेको पनि देखिसहँदैनन् । यो उनको महत्वपूर्ण विशेषता हो । बाँदरले घर पनि बनाउँदैन र अरुलाई बनाउनु पनि दिँदैन भने जस्तै करिव ९० प्रतिशत नकरात्मक विशेषता बोकेर अघि बढेका अध्यक्ष प्रचण्डले मुलुक नै आफ्नो सम्पत्ती हो जस्तै गरी विभिन्न रणनीतिक कार्यहरु गर्छन । जसबाट राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डतालगायतका कुराहरु दिन प्रतिदिन बेचीने सम्भावनाका ढोकाहरु खुल्ला भएका छन् ।

राज्यका महत्वपूर्ण निकायहरुमा आफ्नो अधिपत्य जमाउन हरप्रयास गर्ने अध्यक्ष प्रचण्डले नेपालको संविधान तथा कानुनलाई समेत लत्याउन भ्याएका छन् । संविधानले भनेको छ, आफ्नो नेतृत्वमा आफन्त सचिवालयमा राख्न पाईदैन तर उनको प्रमुख स्वकिय सचिव उनकी छोरी गंगा दाहाललाई नियुक्त गरेका छन् । त्यती मात्र हैन, आफन्तवादमा रुमलिएका प्रचण्डको छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुन । उनलाई देवी ज्ञवालीले जिते पनि मतपत्र च्यातेर पुनः निर्वाचन गराउन लाएर कब्जा गरी छोरीलाई मेयर बनाई छाडे ।

बुहारी विना मगरलाई संघिय सरकारको खानेपानी मन्त्री बनाउन सफल भए । बुहारीलाई मन्त्रीबाट हटाएमा सरकार ढालिदिन सक्ने चेतावनी समेत पटक पटक दिएका छन् । जुन बुहारी भ्रष्टाचारमा चुर्लुम्म डुवेको विभिन्न सञ्चार माध्यममा मात्र आएका छैनन्, नाम सार्वजनिक नगर्ने सर्तमा मन्त्रालयका कर्मचारीले समेत बताउने गरेका छन् । उनको सचिवसँगको विवादका कारण मेलम्ची खानेपानी समेत अवरोध भएको जनतालाई स्पष्ट नै छ ।

महेश दाहाल उनको भतिज हुन् । उनी अष्ट्रेलियाका राजदुत छन् । सागर केसी (ज्वाई) सभामुखका स्वकीय सचिव, अजुर्न पाठक (ज्वाई) मेयरका विशेष सल्लाहकार (भरतपुर), समिर दाहाल (भतिज) पूर्व स्वकीय सचिव, नारायण दाहाल (भाई) वाग्मती प्रदेश नेकपा अध्यक्ष, जीवन आचार्य (ज्वाई) उपराष्ट्रपतिका विशेष सल्लाहकार रहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने, प्रचण्डका आफन्त र नातागोताले राज्यका विशेष निकायमा जिम्मेवारी पाउनै पर्छ, अन्य व्यक्ति दोस्रो दर्जामा मानिस सरह हुन् ।

त्यस्तै अध्यक्ष प्रचण्डले आफन्तवादलाई संरक्षण त गरेका नै छन् । त्यस क्रममा उनको राजनीतिक जीवनमा धेरै सहकर्मीलाई अवसान समेत गराएका छन् । जनयुद्धको नाममा १७ हजार नागरिकको ज्यान गयो । त्यसमा उनले विभिन्न कार्यक्रममा पाँच हजारको जिम्मा लिने समेत पटक पटक घोषणा गरेका छन् । त्यती मात्र हैन उनले सहकर्मी डा. बाबुराम भट्टराई, बैद्य, विप्लब, उपेन्द्र यादवलगायतलाई आफ्नो पार्टीमा अवसान नै गराई अर्को पार्टीमा जान बाध्य समेत गराएका छन् । उनीहरुको एउटै स्वर रहेको छ कि प्रचण्डले चरम भ्रष्टाचार गरेका छन्, अडान, भर नभएको, व्यक्तिगत स्वार्थमा तल्लीन रहेका नेता प्रचण्ड भएकाले पार्टीबाट बाहिरिनु परेको हो ।

त्यती मात्र हैन, अध्यक्ष प्रचण्डले नेतृत्व गरेका इतिहासका कुनै पनि पार्टी हालसम्म सफल समेत भएको पाईदैन । जहाँ गयो त्यस पार्टी तथा नेतृत्वलाई समाप्त पार्ने उनको वानी नै हो । त्यहाँबाट आफुलाई फाईदा पुग्ने भए उनी फाईदाको लागि सति जान नै पछि पर्दैनन् । यो कुरा आम जनतालाई प्रष्ट भइसकेको छ । तत्कालिन नेकपा माओवादी केन्द्रलाई जनताले २०६४ को निर्वाचनमा झण्डै दुई तिहाई मत दिएका थिए । तर उनले त्यो मत २०७० मा आएर सर्वनास नै गर्न सफल भए । त्यसपछि २०७४ मा आफ्नो अस्थित्व नै समाप्त हुने देखेपछि स्थानीय निर्वाचनमा कांग्रेसको बुई चढ्न बाध्य भए । स्थानीय निर्वाचनको परिणाम पछि उनलाई पुनः के लाग्यो भने अव कांग्रेसको बुई चढे पनि पत्तासाफ नै हुने अवस्था सिर्जना भयो । त्यसपछि उनले तत्कालिन एमालेसँग पार्टी एकता गर्ने निष्कर्शमा पुगे । नभन्दै प्रदेश र संघको निर्वाचनमा कार्यगत एकता भई हाल करिव दुई तिहाई नजिकको स्थायी सरकार रहेको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्र पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी बन्यो । त्यसपछि उनी दोस्रो तहको अध्यक्ष बन्न सफल भए । दोस्रो तहको अध्यक्ष भएसँगै पार्टीमा उनले दुई नंम्बरी नै काम समेत गरिरहेका छन् । सरकार ढाल्ने, पार्टी विभाजनको स्थितीमा पुर्याउने, भारतीय एजेन्टको रुपमा काम गर्ने, भारत परस्त भई लम्पसार पर्ने, भारतलाई रिझाउन भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने, प्रधानमन्त्री केपी ओलीले लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सहितको नेपालको गुमेको नेपाली भूमि फिर्ता ल्याउने र नागरिकता विधेयक ल्याएसँगै प्रचण्डमा ज्वरो आएको देखिन्छ । उनको यी व्यवहार, भारतीय मिडिया तथा पार्टी भित्रको फोहोरी खेलका आधारमा  रहेको छ ।

त्यस्तै तत्कालिन माओवादी शान्तिपूर्ण सम्झौता गरी बहुदलीय प्रतिस्पर्धामा आएसँगै सरकार र माओवादीबीच भएको सम्झौता अनुसार लडाकुलाई व्यवस्थापन गर्ने क्रममा उनले लडाकु शिविर तथा क्यान्टमेन्टमा गरको अरवौंको घोटला काण्डहरु त हालसम्म पनि अख्तियारले अनुसन्धान गरिरहेको छ । त्यस्तै भाटभटेनी काण्ड, एसविआई बैंक काण्ड, स्वीस बैंक काण्ड लगायतका काण्डै काण्डमा फसेका महान् नेतृत्व हुन प्रचण्ड । भ्रष्टाचारका सवालमा डा. बाबुराम भट्राईले समेत विभिन्न सार्वजनिक मिडियाहरुमा तथ्यपरक रुपले प्रस्तुत गरिसकेका छन् ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका