मेरो पेशामा कुनै प्रकारको उत्पीडन सह्य छैन : नायीका स्वस्तिमा

काठमाडौँ, २४ असार । नायिका स्वस्तिमा खड्काले निर्देशक तथा निर्माता यूवराज लामाले दिएको एक बयानमा आपत्ती जनाएकी छिन् ।

हाल होटल व्यवसायमा व्यस्त रहेका निर्देशक लामाले नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादको बिषयमा आफ्नो भनाई राख्दै भनेका छन्–‘यदि शोषण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छोयो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’

लामाको यो भनाइमा नायिका स्वस्तिमा खड्काले आपत्ती जनाउदै सामाजिक संजालमा स्वस्तिमाले लेखेकी छिन्–‘चलचित्र क्षेत्रको एक जिम्मेवार र वरिष्ठ व्यक्तिबाट यस्तो खालको बयान आउनु दुःखलाग्दो कुरा हो । जर्बजस्ती छुने, चुम्बन गर्ने, कसैको सहमतीविना जर्बजस्ती तान्नु आफैमा शारीरिक उत्पीडन हो । मेरो पेशामा कुनै पनि प्रकारको उत्पीडनका लागि कुनै पनि बहाना सह्य छैन । म फेरि पनि दोहोर्याउँछु, कुनै प्रकारको उत्पीडन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै