मुख्यमन्त्री पोखरेलले नेकपा बिवाद समाधानका लागी दिए यस्तो सुत्र

काठमाडौँ, २४ असार । प्रदेश ५ का मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले महाधिवेशनसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पष्पकमल दाहाल, प्रचण्डको सहमतिका आधारमा पार्टी सञ्चालन नै समस्या समाधानको सही बिधि र तरिका भएको प्रष्ट बताएका छन ।

नेकपा बिवादको समाधानको सुत्र राख्दै मुख्यमन्त्री पोखरेलले भनेका छन,  ‘एकता महाधिवेशन नहुँदासम्म दुई अध्यक्ष र सहमतीका आधारमा पार्टी संचालन एकताको मुलमर्म हो । पार्टी एकता जोगाउन त्यसको पालना गरौ/गराऔं ।’

नेकपाभित्र बरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई अध्यक्षद्वय ओली र प्रचण्ड सरहको हैसियत र भुमिका चाहिने भन्दै एक ब्यक्ति एक पदकको आडमा प्रधानमन्त्री वा पाटी अध्यक्ष पद हत्याउने योजनाका साथ अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध घेरावन्दीमा रहेका छन ।

बिवाद समाधानका लागि दुई अध्यक्षले बनाएको अनौपचारिक कार्यदलका सदस्यसमेत रहेका पोखरेलले पाटी एकता जोगाउने सही बिधि दुई अध्यक्षको सहमतिमा निर्णय भन्दा अर्काे बिकल्प नरहेको प्रष्ट पारेका हुन  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भैरहवा, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण

काठमाडौँ, ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् ।

काठमाडौँ, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने रुची नभएको बताएका छन् । आज

काठमाडौँ, ३ बैशाख । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ विदेशी लगानी (एफडीआई) प्रतिबद्धता