एजेन्सी, २४ असार । इंग्लिस प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसमाथि जित निकालेकाे छ ।
मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे । याे जितसँगै चेल्सी प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको छ ।
चेल्सीको जितमा ओलिभर जिरुउड, क्रिस्टियन पुलिसिस र टम्मी अब्राहमले गोल गरे । जितसँगै चेल्सीले ३४ खेलबाट ६० अंक जोड्दै शीर्ष तीनमा स्थान बनाएको छ । समान खेल खेलेको लेस्टर ५९ अंकसहित तालिकाको चौथो स्थानमा छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।






