भीसीटीएस प्रणाली के हो ? के छन् यसका फाईदा ?

गोपी न्यौपाने

जसले जेन्युन कारोबार गर्यो, जसले कर तिरेर कारोबार गर्यो स्वभाविक रुपमा कर छल्नेको तुलनामा उसैको सामान महङ्गो हुने भो । कर पनि तिर्ने, बजारमा प्रतिस्पर्धा मा पनि आउन नसक्ने भएपछि बिस्तारै ब्यबशायबाटै हात धुनुपर्यो वा बिकल्पमा करछली गर्न थाल्नुपर्यो । हो, यिनै कुराको अन्त्य गरी राजश्व छलीलाइ निरुत्साहित गर्न र बजारलाइ जेन्युन बनाउन भिसिटिएस प्रणाली लागु भएको हो ।यो डिजिटल प्रणाली लागु हुनासाथ करछली भैरहेको राजश्व सरकारी ढुकुटीमा जान्छ र समान बस्तुको कारोबार मुल्य समान कायम हुनेछ ।अन्ततोगत्वा यो प्रणालीबाट उपभोक्तालाइ समेत लाभ हुनेछ ।

१. भीसीटीएस प्रणाली के हो ?

भीसीटीएस अर्थात भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम मालवस्तु तथा ढुवानी साधनको सजिलो अनुगमन प्रणाली हो । यसले वेवमा आधारित प्रणालीमा रहेर मालवस्तु र ढुवानीको संक्षिप्त विवरण को जानकारी दिने गर्दछ ।

२. मालवस्तु ढुवानी गर्नेहरुले कसरी यसको प्रयोग गर्न सक्छन् त ?

यसको लागि ठूलो परिमाणमा मालवस्तु ओसारपसार गर्ने थोक बिक्रेताले आफूले कुन सामग्री, कति परिमाणमा कुन गाडीबाट कहाँबाट ढुवानी गर्दैछु भन्ने जानकारी राजश्व अनुसन्धान विभागको वेवसाइटमा अपलोड गर्नुपर्छ । त्यहाँ ढुवानी साधनको नम्बर, चालकको नाम, बिलबिजक नम्बर पनि अपलोड गर्नुपर्छ । जानकारी अपलोड गरेपछि एउटा क्यूआर कोड पाइन्छ, त्यसैलाई मोबाइलमा फोटो खिचे पनि हुन्छ र फोटोकपी गरे पनि हुन्छ । बाटोमा कतै जाँच भयो भने त्यही कोड देखाइदिए पुग्छ । यसअघि जस्तो लाइन बसेर सबै बिलबिजक देखाउनुपर्दैन । त्यसको लागि सरकारले सडकका ढाट हटाइसकेको छ । यो अत्यन्तै सजिलो प्रणाली हो । युजर आइडी र पासवर्ड आफैँले लिने र आफैँले राख्न पाइने हुँदा सुरक्षित पनि उत्तिकै छ । एक ट्रक सामग्रिको जाँच गर्न २ घन्टा लाइनमा बस्नुपर्छ भने यसमा त ३० सेकेण्डमै काम पूरा हुन्छ ।

३. आयात हुने बिन्दुमा चाहिँ कसले गर्ने यो काम ?

आयातको बिन्दुमा भन्सार एजेन्टले नै यो काम गर्ने हो । उनीहरुले जसरी पहिला कागजात कार्यालयमा बुझाउँथे, अहिले त्यही कागजातमा भएको विवरण हाम्रो वेवसाइटमा राखे पुग्छ । विगतमा बिलबिजक देखाउने काम ट्रान्सपोर्ट कम्पनीकै थियो । आज पनि सिस्टममा बिलबिजकको जानकारी अपलोड गर्ने जिम्मा ट्रान्सपोर्टकै हुन्छ । यदि आफ्नो उद्योगबाट उत्पादित सामग्री थोक बिक्रेतालाई बेच्ने हो भने उद्योगले नै जानकारी अपलोड गर्नुपर्ने हुन्छ ।

४. के यो प्रणालीले जेन्युन कारोबार गर्नेलाइ प्रोत्साहित गर्छ ?

अबश्य पनि । यो प्रणालीमा आएपछि कर छल्ने सम्भावना निकै कम हुन्छ । यसअघि कर छलिरहेकाहरुलाई पनि यसले रोक्छ । एउटै बिल देखाएर कयौंपटक सामग्री ओसारपसार गर्नेहरुलाइ निरुत्साहित गर्ने हो, जसले जेन्युन कारोबार गर्छ, उसलाइ त समयको बचत हुन्छ, उ प्रोत्साहित पनि हुन्छ ।

भीसीटीएस सिस्टममा आएपछि कुनै पनि नम्बरको बिल दोस्रोपटक यो सिस्टमले लिँदैन । दोस्रोपटक नलिएपछि बाध्यताले पनि व्यापारी या ढुवानीकर्ताले यो सिस्टममा अनिवार्य नयाँ जानकारी प्रवेश गराउनैपर्छ । यसअघि नियमित राजश्व तिर्नेहरुले सामग्री केही महँगोमा बेच्नुपर्थ्यो। मुनाफा कम हुन्थ्यो । तर एउटै बिलका आधारमा पटकपटक कारोबार गर्नेहरुले कर छलेर केही सस्तो मूल्यमा सामान बेच्ने गर्थे र मुनाफा पनि धेरै हुन्थ्यो । यसरी कर तिर्नेहरु विस्थापित हुने र कर नतिर्नेहरु मज्जाले ब्यापार गर्ने अवस्था हटाउन पनि भीसीटीएस जरुरी छ ।

५. साना ब्यवसायीले यो प्रणालीमा अपलोड गर्न नपर्ने हो ?

हो, उद्योगले कृषकबाट कच्चा पदार्थ जस्तै धान, गहुँ, मकै, उखु जस्ता वस्तु खरिद गर्दा यो वेवसाइटमा जानकारी नगराए पनि हुन्छ । खुद्रा कारोबार गर्नेहरुले यसमा जानकारी अपलोड गर्नु पर्दैन, गरे पनि यो सिस्टमले लिँदैन ।

६. वेवसाइटमा अपलोड गर्नै पर्ने ब्यवसायिक बर्ग कुन हुन ?

उद्योग, वितरक वा थोक बिक्रेताले सोझै आफैँले मालवस्तु आफ्नो कारोवारको स्थलबाट सोझै बिक्री गरी पठाउँदा कारोबारको संक्षिप्त विवरण यो प्रणालीमा अपलोड गर्नैपर्छ । आयातको बिन्दुमा पनि भन्सार एजेण्टले भन्सारमा पेस गरेको बिबरण मध्ये संक्षिप्त बिबरण यो वेवसाइटमा अपलोड गरिदिए पुग्छ ।

अधिवक्ता तथा समाजसेवी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

काठमाडौँ, ९ असार । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री