एजेन्सी, २१ असार । बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ ।
गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।
खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
जितसगै बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म पुर्याएको छ । बायर्नले २०औं पटक जर्मन कप जितेको हो ।






