जनताका मुर्छित सपना व्युझाउने प्रधानमन्त्री केपी ओली

मनकुमारी जिसी

यो देशका संकटको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओलीको सधै चटृानि अडान रहदै आयो । लोकतन्त्र ल्याउन निरंकुशता फ्याल्न १४ बर्ष यातना पूर्ण जेल जीवन, जेल जीवन पछिका अनबरत संघर्षहरु सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकाक्षा पूरा गर्न उत्तरी ढोका पनि खुल्ने गरि भएका संझौताहरु ईतिहासमा स्वणिम रहनेछन् ।

नाकाबन्दीको बेला होस् या कोरोनाको जटिल अवस्थामा जनताको पूर्ण ख्याल गरि सधै आफ्नो कर्तव्यनिष्ट कार्य गति अगाडि बढाईरहने कार्य गर्नुभयो । स्वाभिमानमा कहिल्यै शिर नझुक्ने भएकै कारण स्वाभिमानका सतिसालको रुपमा आम नेपाली जनताले पाएको महशुस गरिरहेका छन् ।

देशका अरु पार्टिका कार्यकर्ता जनताले पनिप्रधानमन्त्री केपी ओली सम्झेर भोट हालेका छौं । भनिदिनु है भनेर भन्नू भएको हामी साक्षि छौं । नेपालको भुमि मिचिदैं मात्र होईन नेपाल आमाका वीर सपूत गोबिन्द गौतम जस्ताको रगत बगेको छ । छिमेकिका गोलिले हाम्रो छातिमा यी सबै कुरालाई सम्झेर ल्याउदा सबै एकजुट भएर कार्य गर्नु पर्ने होईन र !

ससदमा पनि कहिले काहीँ बाहेक जनतालाई कार्यकर्तालाई उत्साह हुने गरि प्रधानमन्त्री केपी ओलीको समर्थन गरेर बोलेको देख्न सुन्न पाईएन । शुरुका दिनमा केही आशा पनि लागेको थियो । किन सम्बन्ध मजबुद बनाउन पाईएन भन्ने बारे आफै सोच्नुस तर हजुरहरु पछाडी लाम लागेका कार्यकर्ता जनतालाई निराश पार्ने छुट कसैलाई छैन । संचारमा संयमता अपनाउनुस् ताकि हाम्रा नेता भन्दा सबैले टिभि अन गरून् ।

सांसद प्रतिनिधिसभा
बाग्लुङ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले सार्वजनिक निकायहरूले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिकहरू लिँदा श्रम ऐन र नियमले तोकेको

काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री  सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् । आज बिहान भएको टेलिफोन वार्तामा

काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्रसंघको ८१औँ