ललितपुरमा प्रहरी र स्थानीयबासीबीच झडप

ललितपुर, २० असार । ललितपुरको खोकनामा आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् । उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोकेका थिए भने अरुले खानजोत गरेका थिए । ट्याक्टर समेत लगाएका छन् ।

थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । 

काठमाडौँ, ९ असोज । हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको जल