बक्सिङ सङ्घमा नयाँ नेतृत्व

पोखरा, २० असार । कास्की जिल्ला बक्सिङ सङ्घको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घको शुक्रबार पोखरामा सम्पन्न चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा राजबहादुर कोइराला, सचिव सञ्जिव श्रेष्ठ र कोषाध्यक्षमा सुनिल बिसी निर्वाचित भए ।

सदस्यमा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानी, सन्तोष कार्की, आइतसिंह गुरुङ, छविलाल कुँवर, ऋषिसरा थापा, देवेन्द्र केसी र जीतबहादुर पुन रहनुभएको निर्वाचन समितिका संयोजक एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए ।

अधिवेशनका अवसरमा वरिष्ठ बक्सिङ प्रशिक्षक मर्सानीलाई राष्ट्रिय खेलकूद परिषद्मा रहेर लामो समय खेल क्षेत्रमा योगदान दिएर हालै मात्र सेवा निवृत्त हुनुभएकामा दोसल्लाले सम्मान गरिको थियो । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले व्यक्तिगत फाइदाका लागिभन्दा पनि खेल क्षेत्रको विकासमा तल्लीन नेतृत्व खेल क्षेत्रमा आवश्यक हुने बताए । कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीमा पहिलोपटक खेल सङ्घको अधिवेशन सम्पन्न गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र