खुला सीमाले गर्दा क्वारेन्टिन केही अब्यवस्थित भएर भाइरस संक्रमण बढ्यो : मन्त्री भट्टराई

काठमाडौँ, १९ असार । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भारतको सीमा कडाइ नगर्दा कोरोनाको ग्राफ उकालो लागेको बताउँदै खुला सीमाका कारण र क्वारेन्टिन केही अब्यवस्थित भएका कारण भाइरस संक्रमण बढेको बताएका छन ।

आज मन्त्रालयमा गत ३ महिना अवधिमा मन्त्रालयले गरेको कामबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले कोरोनाभाइरस संक्रमणका बीच विगत ३ महिनामा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण काम नरोकेको उनको भनाइ छ ।

कामदारलाई क्वारेन्टिनमा राख्दै सुरक्षा विधि अपनाएर विमानस्थल निर्माणको काम गरेको बताउदै विकास निर्माणको मूख्य समय नै गुमाउनुपरेको मन्त्री भट्टराईले बताए । गएको ६ महिना प्रगति देखाउने समय गुमाउनुपरेको उनको भनाइ छ ।

मन्त्रालय अन्र्तगत रहेका राष्ट्रिय गौरवका आयोजनाहरु गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल, निजगढ अन्र्तराष्ट्रिय विमानस्थल, पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको काम भइरहेको जानकारी दिदै भने, ‘कोभिड नआएको भए गौतम बुद्ध अन्तर्राष्टि«य विमानस्थल निर्माण सम्पन्न भएर उडान सुरु भइसक्थ्यो । म्याद थप गरेको काम भइरहेको छ । छिट्टै जनशक्ति थप गरेर काम गर्ने योजना छ ।’

मन्त्री भट्टराईले आगामी मंसिर अन्तिमसम्म गौतमबुद्ध अन्र्तर्राष्ट्रिय विमानस्थल सञ्चालजनमा आउने जानकारी गराए । चिनियाँ ठेकेदार कम्पनीलाई काम नरोक्न  भनेको उल्लेख गर्दै पोखरा विमानस्थलमा ३ महिनामा ९ प्रतिशत प्रगति भएको र हाल ६० प्रतिशत प्रगति भएको जानकारी दिए । पोखरा विमानस्थल भनेको समयमा सम्पन्न हुने उनको भनाई छ ।

यस्तै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ३ सय मिटर धावनमार्ग निर्माण सम्पन्न गरेको, निजगढ विमानस्थल निर्माणका लागि काम द्रुत गतिमा नभएपनि त्यसको प्रक्रिया भने चलिरहेको बताए । मन्त्री भट्टराईले कोरोना भाइरसको प्रकोपका कारण सबैभन्दैधेरै पर्यटन क्षेत्र प्रभावित भएको बताए । उनले होटल, रिर्सोट, पदयात्रा, हिमालहरु, एयरलाइन्स कम्पनी, पर्यटकीय गन्तब्यहरु प्रभावित भएको बताए ।

उनले नेपालमा पर्यटन क्षेत्रमा १० खर्ब भन्दा बढीको लगानी रहेकोमा साढे २ लाख नेपाली प्रत्यक्ष संलग्न रहेको बताए । अप्रत्यक्ष रुपमा ८ लाख संलग्न भएको यो क्षेत्रमा अहिले कर्मचारीलाई तलब दिन संकट भएको उल्लेख गर्दै ५० अर्बको पुर्नकर्जाको कोष बनाएको, पर्यटन क्षेत्रको सुधारका लागि २० करोडको कोष बनाएको र नियमावली बनाएर काम गर्न अर्थ मन्त्रालयमा पठाएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको