ओस्करमा आमन्त्रित हुनपाएको आलिया खुसी

एजेन्सी, १९ असार । अभिनेत्री आलिया भट्टले मोसन पिक्चर अफ आर्टस एन्ड साइन्सेस एकेडेमीको सदस्य बन्न आमन्त्रित गरेकोमा आभार व्यक्त गरेकी छन् ।

उनले बिहीबार इन्स्टाग्राममा ओस्करलाई धन्यवाद दिँदै लेखेकी छिन्, “मलाई सदस्यताका लागि आमन्त्रित गरेकोमा म ‘द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस’ लाई धन्यवाद दिन चाहन्छु । यो निम्तो पाउँदा म सम्मानित भएको महसुुस गरिरहेको छु ।”

साथै उनले भारतीय चलचित्रले विश्व मञ्चमा अन्यन्तै योग्य प्लेटफर्म पाइरहेको देख्दा गहिरो सन्तुष्टि प्राप्त भइरहेको पनि उल्लेख गरेकी छन् ।  एकेडेमीले विगत केही वर्षदेखि नयाँ सदस्यहरू आमन्त्रण गर्दै आइरहेको छ । यही सिलसिलामा यो वर्ष बलिउडबाट आलिया र ऋतिकलाई आमन्त्रण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको