कतारबाट आइपुगे १४७ नेपाली

काठमाडौँ, १९ असार । कतारबाट १४७ नेपाली आज बिहान स्वदेश आइपुगेका छन  ।

कतारको दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को उडानबाट उनीहरू स्वदेश आइपुगेका हुन् । आज स्वदेश आइपुग्नेमा ६ महिला र १४१ पुरुष छन् । यसैगरी आजको उडानमा दुईवटा शव पनि ल्याइएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

यस्तै आजै कतार एयरवेजले दोहाबाट नेपाली लिएर नेपाल आउँदै छ । मलिन्दो एयरले मलेसियाको क्लालाम्पुरबाट नेपाली ल्याउँदै छ भने आजै यूएईबाट पनि नेपाली लिएर दुईवटा जहाज आउँदै छन् । साथै कुवेतबाट पनि आममाफी पाएका नेपाली आजै स्वदेश फर्कंदै छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड