काशी रिमाल
नेकपा स्थाइ समिति सदस्यहरुलाई १० बुँदे सुझाव :
१. तपाइको योग्यता क्षमता सामाजिक वा पारिवारीक अबस्था सबैजसो कार्यकर्तालाई थाहाछ । तपाइलाई दिएको सम्मान, आदेशको पालना योग्यता क्षमाताको कारण मात्र हो भनेर बुझ्नु गलत हुनसक्छ । यो पार्टी पद्धतिको कारणले हो ।
२. बिश्व शक्तिराष्टहरुको ब्यापारिक राजनीतिक स्वार्थका कारण देश चपेटामा छ आम जनतालाई थाहाछ ।
३. बैचारिक कारणले पनि बिश्वबाट हटाइयो भनेको कम्युनिष्ट भारी जनमतका साथ सरकारमा बसेको पुँजिबादीहरुलाई मन परेको छैन कमजोर बनाउन लागिपरेकाछन भन्ने सबै कार्यकर्तालाई थाहाछ । साम दाम प्रयोग गरेर बिफल र बदनाम गराउन एजेन्ट परिचालन गरिएकाछन भन्ने अनुमान गरिएका छन,गर्नुभएकै होला ।
४. देशको राजश्वको आयले दैनिक प्रशासनिक खर्च चलाउन पुग्दैन भन्ने तपाइजस्तो जिम्मेवार नेतालाई थाहाछ भने जनचाहना, चुनाबी प्रतिबद्धता र समयको माग अनुसार देशको बिकाशगर्न श्रोतको ब्याबस्थापन कसरी गर्ने भन्ने चिन्ताले सताएकै होला ।
५. छिमेकी मित्रराष्ट संगको सिमा बिबादका कारण उत्पन्न परिस्थितीले राजनीतिक र पार्टी पद्धति भित्र परेको पर्नसक्ने प्रभावबारे बिश्लेशण गर्नुभएकै होला । कोरोना कहर र शिथिल अर्थतन्त्र भुल्ने कुरैभएन ।
६. नेकपाको टिकट लिएर पार्टीको घोषणपत्रको आधारमा चुनाबचिन्नमा मत मागेर जनमत प्राप्तभए पछि त्यही मतको आधारमा बनेको सरकार कस्को रु नेकपाको की ओलीको ?
७. सरकार बनेपछि जनताको बिचमा चुनावमा जारी घोषणपत्र, तपाँइको प्रतिबद्धता पुरागर्न सरकारलाई सघाउन तपाईले के के गर्नुभयो मिति सहित डायरीमा टिपेर राख्नुहोला जनतालाइ कम्तीमा कार्यकर्तालाई तपाइले बताउनुपर्ने दिन आउदैछ ।
८. प्रधानमन्त्रीको स्वास्थ्यलाई दोषदिनेहरुले हिजो चुनावमा सुप्रिम कमान्डर बनाएर मेची महाकाली कुदाउदा त याद आएन किन रु देशलाई भुसतिघ्रे प्रधानमन्त्री चाहिएको छैन देश बिकासको चिन्तन र सन्चालन कुटिलता चाहिएको हो ।
९. प्रधानमन्त्रीले सल्लाहनै लिनुभएन जस्ता गैह्रजिम्मेवार जवाफको स्वच नबनाउनुहोला । पार्टीको सुप्रिम कमान्डको जिम्मेवारमा बस्ने पद्धति बनाएर प्रधानमन्त्रीलाई यसभित्र काम गराउने केही समस्या आईपरे सहजिकरण गर्ननसक्ने हो भने तपाइको क्षमता योग्यता मा किन प्रश्न नउठाउने रु प्रधानमन्त्री स्वैक्षाचारी भएको की तपाइहरुलाई अनुचित लाभको अवसर नपुगेको ?
१०. देशको आजको बिसम परिस्थितिमा प्रधानमन्त्री को राजिनामा मात्र बिकल्प देख्ने कुराले क्षमता त तपाइहरुको पनि त देखियो । तपाईहरुको राजिनामा किन नमाग्ने रु के तपाईको जतिको क्षमता योग्यता भएको कार्यकर्ता अर्को नभएर हो रु कार्यकर्तालाई धेरै निरास र बोल्नैपर्ने अबस्था नबनाउनुहोस तपाइको पद आफै सृजित भएको हैन कार्यकर्ताको टाउकोमा अडिएको होला ।






