ब्राजिलमा कोरोना संक्रमित संख्या १५ लाख नाघ्यो

एजेन्सी, १९ असार । ब्राजिलमा काेराेना संक्रमित संख्या बिहानसम्म कुल १५ लाख १ हजार ३५३ पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।

ब्राजिलमा बिहीबार एकै दिन ४७ हजार ९५४ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण त्यहाँ बिहीबार १ हजार २७७ जनाकाे मृत्यु भएकाे छ । अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ६१ हजार ९९० जनाले ज्यान गुमाइसकेका छन् ।

तर ब्राजिलमा निकाे हुने दर पनि बढी छ । त्यहाँ हाल काेराेना संक्रमितमध्ये ९ लाख १६ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।  बिहीबार त्यहाँ ८९ हजारबढी मानिस संक्रमणमुक्त भएकाे तथ्यांकमा देखाइएकाे छ । हाल त्यहाँ ५ लाख २३ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना