चर्चित कोरियोग्राफर सरोज खानको निधन

एजेन्सी, १९ असार । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार राती निधन भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार कार्डियक अरेस्टका कारण ७१ वर्षको उमेरमा उनको निधन भएको हो । खान १७ जूनदेखि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना थिइन् । उनलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको र सोही अस्पताल बिहिबार राती १ बजेर ५२ मिनेटमा अन्तिम सास फेरेको जनाइको छ । उनको मुम्बईको चारकोप चिहानमा अन्तिम संस्कार गरिने जानकारीमा उल्लेख छ ।

अस्पतालमा भर्ना भएपछि उनको कोरोना संक्रमणको पनि परीक्षण गरिएको थियो जसको रिपोर्ट नेगेटिभ आएको थियो । गत वर्ष (सन् २०१९) मा मल्टिस्टारर फिल्म ‘कलंक’ र कंगना रनौतको फिल्म ‘मणिकर्णिः द क्वीन अफ झांसी’ मा एउटा गीतको कोरियोग्राफ गरेकी थिइन् ।

सरोजले तीन वर्षको उमेरदेखि ब्याकग्राउन्ड डान्सरको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले सन् १९७४ मा पहिलो पटक गीता मेरा नामबाट कोरियोग्राफरको रुपमा फिल्म इन्डष्ट्रिमा पाइला टेकेकी थिइन् । आफ्नो करियरमा उनले २००० भन्दा बढी गीतमा कोरियोग्राफ गर्ने उनले तीनपटक राष्ट्रिय अवार्ड पनि पाइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार

काठमाडौँ, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । आज