भक्तपुरमा प्रम ओली समर्थकको चेतावनीः ‘दिल्लीका सिल्ली’लाई सडकमा पछार्छौ

भक्तपुर, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा कुर्सीको लडाई चरम उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देशभरका स्वतन्त्र नागरिक सडकमा जनसागर सहित उर्लिएका छन् ।

नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष गरी दुवै पदबाट राजिनामा गराउन दवाव दिएसँगै देशभरका नागरिक आक्रामक रुपमा प्रधानमन्त्री ओलीको समर्थमा स्वतफूर्त रुपमा सडकमा होमिएका छन् । हिजो देखी सुरु भएको प्रधानमन्त्री ओली समर्थकले आज देशभर प्रदर्शन गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतमसहितका नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा मागेकोमा त्यसको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् ।

प्रदर्शनका क्रममा नागरिकले नेपालमा बसेर भारतीय दलाल गर्ने जो कोही नेतृत्वलाई पनि कठालोमा समातेर सडकमा पछार्ने समेत उद्घोष गरेका छन् । हिजो देखी सुरु भएको प्रधानमन्त्रीको पक्षमा भएको ऐक्यवद्धता आजसम्म आउँदा कास्टिङ मात्र भएको उल्लेख गर्दै अब पनि प्रधानमन्त्री ओलीको राजिनामा माग्नेहरु देश र मुलुकको लागि परिवर्तन भई नआएमा ऐक्यवद्धताको फिल्म शुरु हुने चेतावनी दिएका छन् । उक्त फिल्मबाट आउन सक्ने परिस्थितीको सामान भने पार्टी भित्रका प्रधानमन्त्री ओलीको विरुद्धका टिमले जिम्मा लिनुपर्ने समेत चेतावनी दिएका छन् ।

स्वतफूर्त रुपमा हजारौंको संख्यामा रहेको प्रदर्शनमा नेपालका भारतीय दलाल मुर्दावाद, सत्य मेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर लगायतका राष्ट्रिय भावले ओतप्रोत भएका नाराहरु लगाईएको थियो ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधित जोगाउन वर्तमान समयको विषम परिस्थितीमा समेत सडकमा ओर्लनु परेको बताउँदै नागरिकले प्रधानमन्त्री ओलीको पद धरापमा परे लाखौं नागरिक सडकमा उत्रिएर भारतीय दलाहरुको सडकबाट नै अस्थित्व समाप्त पर्ने चेतावनी दिएका छन् । दिल्लीका नेपाली सिल्लीहरुलाई कसरी तह लगाउनुपर्छ भन्ने नेपाली नागरिकलाई राम्रो थाहा भएकाले तिनका दिनगन्ती शुरु हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको