पूर्वाधार निर्माण कम्पनी सञ्चालनको तयारी

काठमाडौँ, १९ असार । मुलुकको पूर्वाधार निर्माणलाई सहज बनाउन आफ्नै निर्माण कम्पनी सञ्चालनमा ल्याउने दुई वर्ष अघिको सरकारी घोषणा कार्यान्वयनमा आउन थालेको छ । गत जेठमा सरकारले कम्पनी कार्यकारी अधिकृत नियुक्ति गरेसँगै यसलाई क्रियाशील बनाउने कार्यको सुरुवात भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहने गरी गत वर्ष साउनमा नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड दर्ता भएको थियो । आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले आफ्नै निर्माण कम्पनी सञ्चालन गर्ने घोषणा गरेको थियो ।

कम्पनीका नवनियुक्त कार्यकारी अधिकृत देवेन्द्र केसीले कम्पनीको प्रारम्भिक काम भइरहेको बताउँदै कम्पनीको नियमावली र विनियमावली सञ्चालक समितिबाट पारित भइसकेपछि कम्पनीको कर्मचारी भर्ना र अन्य आर्थिक गतिविधि हुने बताउनुभयो । आगामी आर्थिक वर्षदेखि यस कम्पनीले आफ्नो निर्धारित उद्देश्य बमोजिम काम गर्ने बताउँदै उहाँले सुरुमा कम्पनीले सडक विभागबाट यन्त्र भाडामा लिएर काम गर्ने जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिला वज्राचार्यले कम्पनी दर्ता र कार्यकारी अधिकृतको नियुक्ति बाहेक अरू काम हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कम्पनीको कार्यालय स्थापनाका लागि मन्त्रालयमा ठाउँ छैन, भाडामा घर लिएर कम्पनीको कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ ।” यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको