एकै दिन भारतसँग सीमा जोडिएको तीन ठाउँमा बीओपी स्थापना

दार्चुला, १८ असार । भारतसँग सीमा जोडिएको नेपालको दार्चुला जिल्लाका विभिन्न सिमानाकामा आज एकै दिन सशस्त्र प्रहरी बलको तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका‐७ जोलजिवी, लेकम गाउँपालिका‐३ लाली र ब्याँस गाउँपालिका‐२ दुम्लिङमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो । जोलजिवी र लालीमा स्थापना गरिएको बीओपीको सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकी स्वयम सहभागी भएर उद्घाटन गर्नु भएको हो, भने ब्याँस‐२ दुम्लिङको बीओपी फोन मार्फत उद्घाटन गर्नुभएको हो ।

जोलजिवीस्थित बिओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक बुढाथोकीले सशस्त्र प्रहरीलाई प्राप्त विभिन्न कार्यादेश मध्ये सीमा सुरक्षा महत्वपूर्ण रहेको भन्दै जिल्लामा ४ वटा बीओपी स्थापना गरिएको बताउनुभयो ।

यसअघि दार्चुलाको ब्याँस गाउँपालिका‐१ छाङ्गरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको