प्रम ओलीको पक्षमा देशभर उर्लियो जनसागर : धोतीको फेरि वेरेर राजनीति नगर्न चेतावनी

काठमाडौँ, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थमा देशभर प्रदर्शन शुरु भएको छ ।

आज पूर्व मेचीदेखी काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँहरुमा प्रधामन्त्री ओलीको समर्थनमा सडकमा देशभक्त युवाहरु सडकमा उर्लिएका छन् । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा राष्ट्रिय अखण्डताका पक्षधर तथा दृढ चट्टानी अडानका साथ नेतृत्वकर्ता प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षबाट हटाउन खोजिएकोमा आक्रोस व्यक्त गर्दै जिवन्त पार्टीमा खेल खेल्न खोजे अब नेकपाका कार्यकर्ताले विरवलको खिचडि पकाउन नदिने चेतानवी दिएका छन् ।

‘केपी ओली ढाल्न पाउँदैनौं, देश बेच्न पाउँदैनौं’ भन्दै स्वतन्त्र ओली निकट युुवाहरुले भारतको धोतीको फेरि वेरेर राजनीति नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली नेतृत्वलाई छिर्के लगाउने कुचेष्ठा गरे युवाहरु बाघ बनेर आउने र त्यसबाट आउने परिणाम ओली विरुद्धका नेतृत्वले जिम्मा लिनुपर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सहित गुमेको भुमि फिर्ता ल्याउने, अंगृकृत नागरिकताका विषय लगायतमा नेपालमा रहेर दिल्लीका सिल्लीहरुलाई हन हन पसिना आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई साथ दिन आम नेपाली तीन करोड जनता शिरमा कफट बाँधेर अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्