दीपकराज गिरी भन्छन् : अन्तर्वातादेखि होसियार

काठमाडौँ, १७ असार । कलाकार दीपकराज गिरीले पछिल्लाे समय अन्तर्वातामा दिएकाे अभिव्यक्तिले विवादित र ट्रोलकाे शिकार बनेका कालाकारहरूलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव दिदै भनेका छन्,’कोही सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए । कोही नेपोटिज्मका बारेमा । कोही केमा कोहि केमा ।’ उनले यो सबै कलाकारहरुले मिडियालाई ‘नाई’ भन्न नसक्ने बानीले विवादमा आएको बताएका छन् ।

कलाकार दीपकले लेखेका छन्,’पत्रकार भाइले फोन गर्‍यो ‘लौ इन्टर्भ्यू दिन पर्‍यो’ भन्यो, क्यामाराको ढक्कन खोल्यो र सुरू भैहाल्यो – टेडा मेडा प्रश्नको झटारो। हामी कलाकार बीना तयारी पत्रकार रिसाउँलान् भनेर बोल्न सुरू गर्छौ, जसो जसो अन्तर्वाता अगाडि बढ्छ, हामी कलाकारको जिब्रो चिप्लिन थाल्छ । व्यवसायिक पत्रकार मनमनै खुशी हुन थाल्छ । आहा, ओहो, टिआरपी ।’

पत्रकारले ‘मुस्ताङ कुन जिल्लामा पर्छ था छ ? कलाकारले एकछिन टाउको कनाउँदै जवाफ दिन्छ, ‘मनाङ जिल्ला होला’ हाहाहाहा लामो हॉसो पनि जान्छ  । कलाकार र पत्रकारबीचकाे अन्तर्वाता शाखा अधिकृतको जागिरको लागि लिइएको स्तो हुन थाल्छ, कलाकार चुपचाप नजानेको बिषयमा बोल्दै जान्छ । अन्त्यमा, आज त गज्जब भो अन्तर्वाता भोलि हेर्नुस है भन्दै पत्रकार खुशी साथ बिदा हुन्छ … भोलि अन्तर्वाता आउँदैन, अन्तर्वाता संगसंगै आपत आइलाग्छ, जताततै भाइरल, विरोध, गालिको वर्षा ।

उनले नजानेकाे विषयमा ‘हामी किन बाेल्छाैँ ?’ भनेर पनि प्रश्न गरेका छन् । कलाकारलाई अन्तर्वाताका लागि ‘सेलेक्टिभ’ हुन उनले आग्रह गरेका छन् । उनले सबै पत्रकारको नियत राम्रो नहुने पनि बताएका छन् । भनेका छन्,’ ७० प्रतिशत टिआरपी र हेडलाइनका चक्करमा हुन्छन्, सबै पत्रकारको नियत राम्रो हुँदैन।’

उनले एउटा विषयमा अन्तर्वाता लिन बोलाएर पछि कलाकारको ज्ञानको दायरा नाप्न खोज्ने पत्रकारको क्षमतामाथि पनि प्रश्न गरेका छन् । त्यस्ता पत्रकारहरुका लागि २४ घण्टा उपलब्ध भइदिनु, प्रचारको नाममा पत्रकारसँग सीमा नराख्नु, सस्तो बनिदिनु कलाकारको कमजोरी भएको बताएका छन् ।

दीपकराज गिरीले कलाकारलाई अन्तर्वाताका लागि प्रस्ताव आउँदा होसियार रहन र सकेसम्म टार्न सल्लाह दिएका छन् । ‘टार्न नसके पत्रकारसँग आवश्‍यक छलफल गरौं । तयार भएर मात्र अन्तर्वाता दिऔं । आफ्नो व्यक्तित्व आधा घण्टाको अन्तर्वातामा स्वाहा नपारौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको