एजेन्सी, १७ असार । अर्जेन्टीनाका राष्ट्रिय टिमका कप्तान तथा बार्सिलोनाका फर्वाड लियोनल मेस्सीले आफ्नो करिअरमा ७०० गोल पूरा गरेका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत गएराति एथ्लेटिकोबीच भएको खेलमा बार्सिलोनाको तर्फबाट पेनाल्टिमा गोल गरेसँगै मेस्सीले फुटबल करिअरमा ७०० गोल पूरा गरेका हुन् ।
यो सँगै विश्वका ७०० गोल गर्ने खेलाडीको सातौं नम्बरमा उनले नाम लेखाएका छन् । मेस्सीले धेरै मात्रामा बाँया खुट्टाले गरेको रेकर्डमा छ । मेस्सीले १४ महिनाअघि मात्रै ६०० गोल पूरा गरेका थिए । क्लबबाट मात्रै उनले ७२४ खेल खेल्दा ६३० गोल गरेका छन् । बाँकी गोल राष्ट्रिय खेलबाट गरेका थिए ।
हालसम्म सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा अष्ट्रियन खेलाडी जोसेफ बिकान रहेका छन् । उनले आफ्नो खेलकुद करिअरमा ८०५ गोल गरेका थिए । जोसेफको रेकर्डपछि दोस्रोमा ब्रजिलका लिजेन्ड रोमारियोको नाम रहेको छ । उनकाे नाममा ७७२ गोल रहेको छ । तेस्रोमा ब्राजिलियन खेलाडी पेले रहेका छन् । उनले ७६७ पुर्याएका थिए ।






