सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौँ, १७ असार । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

उहाँको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौँमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिनुभयो । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आउनुभएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्थ्यो । उनी २०७० सालको संविधानसभामा पनि सभासद हुनुहुन्थ्यो ।

उहाँको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ९ असोज । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको