इटालियन सिरी ए फुटबलमा युभेन्टसको विजयी

एजेन्सी, १७ असार । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस विजयी भएको छ ।

 मंगलबार राति गेनोआको घरेलु मैदानमा भएको खेलमा युभेन्टस ३-१ गोलले विजयी भएको हो ।

पाहुना टोली युभेन्टसको जितका लागि पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो र डौग्लास कोस्टाले एक एक गोल गरे । गेनोआका लागि आन्द्रेअ पिनामोन्टीले एक गोल फर्काए ।

जितसँगै युभेन्टसके शीर्ष स्थानमा दोस्रो स्थानको लाजिओ भन्दा चार अंकको अग्रता बनाएको छ । युभेन्टसको २९ खेलबाट ७२ अंक छ । त्यस्तै पराजित गेनोआको समान खेलबाट २६ अंक सहित १७ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र