एजेन्सी, १७ असार । ब्राजिलमा काेराेना संक्रमण दर बढेसँगै दैनिक मृत्यु संख्या समेत बढिरहेकाे छ ।
हाल विश्वमै काेराेना संक्रमणबाट सर्वाधिक दैनिक मृत्यु ब्राजिलमै देखिएकाे छ । ब्राजिलमा काेराेना संक्रमितकाे संख्या १४ लाख नाघेकाे छ । बुधबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या १४ लाख ८ हजार ४८५ पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।
ब्राजिलमा मंगलबार एकै दिन ३७ हजार ९९७ जनामा संक्रमण पुष्टि भएकाे छ । अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ५९ हजार ६५६ जनाले ज्यान गुमाइसकेका छन् ।
तर ब्राजिलमा निकाे हुने दर पनि बढी छ । त्यहाँ हाल काेराेना संक्रमित कुल संख्या १४ लाख नाघेकाे छ भने निकाे हुनेकाे संख्या ७ लाख ९० हजार नाघेकाे छ । मंगलबार मात्र त्यहाँ ३२ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् । हाल त्यहाँ ५ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।