यस्तो पद नपाएपछि १७ शिर्ष नेताले मागे प्रम ओलीको राजिनामा (सूचीसहित)

काठमाडौँ, १७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पदको लिसो अत्याधिक बढेको पाइएको छ ।

आफुले पद पाउनको लागि सति नै जाने प्रवृक्तिले मुलुकमा ठूलो दुर्घटना निम्त्याउने खतरा देखिएको छ । मुलुकको फाइदाको लागि भन्दा पनि आफ्नो व्यक्तिगत फाइदाको लागि कुर्सीको लडाई गर्नु आम नेपाली जनताको लागि दूर्भाग्य हो । शिर्ष नेताले कुर्सीको लडाई गर्नु भनेको जनताको अभिमत माथि समेत गम्भिर खेलवाड गरेका छन् ।

जनताले दिएको अभिमतलाई लत्याउँदै विदेशी तत्वहरुको इसारामा चल्दै नेकपाका शिर्ष केही नेतृत्वले मुलुकलाई दुर्घटनाको बाटोमा डोर्याएका छन् । यसै क्रममा नेकपाको स्थायी कमिटीको वैठममा आफुले पद नपाएकै तथा व्यक्तिगत स्वार्थ पुरा गर्न नपाएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री गरी दुवै पदबाट राजिनामा मागिएको छ । यसबाट के प्रष्ट हुन्छ भने नेकपाका ती नेतृत्व देश र जनताको लागि हैन आफ्नो व्यत्तिगत स्वार्थ र विदेशी दलालको संरक्षणमा चलेका छन् ।

प्रधानमन्त्री ओलीको राजिनामा माग्ने शिर्ष १७ नेताहरु र कारण यस्तो छ,

१. अध्यक्ष पुष्पकमल दाहाल – प्रधानमन्त्री नपाएको
२. झलनाथ खनाल – रास्ट्रपति नपाएको
३. माधवकुमार नेपाल – कुनै पनि पद नपाएको
४. वामदेव गौतम – झ्यालबाट छिर्न नपाएको
५. नाराणकाजी श्रेष्ठ – हरुवालाई राष्ट्रिय सभा उपहार पाएको
६. बेदुराम भुसाल – मन्त्री नपाएको
७. मुकुन्द न्यौपाने – मन्त्री नपाएको
८. अष्टलक्ष्मी शाक्य – मुख्यमन्त्री नपाएको
९. भिम रावल – उपप्रधानमन्त्री नपाएको
१०. रघुजी पन्त – मन्त्री नपाएको
११. गणेश शाह – मन्त्री नपाएको
१२. सुरेन्द्र पाण्डे – अर्थमन्त्री नपाएको
१३. जनार्दन शर्मा – गृहमन्त्री नपाएको
१४. गोकर्ण विष्ट – मत्रीबाट हटाएको रिस
१५. पम्फा भुसाल – मन्त्री नपाएको
१६. युवराज ज्ञवाली – मन्त्री नपाएको
१७. भिम आचार्य – मन्त्री नपाएको

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ