नागरिकता विधेयक विरुद्धको आन्दोलन : भारतको गोटी बन्दै जसपा

काठमाडौँ, १६ असार । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा केही सय व्यक्तिले नागरिकता विधेयक दोस्रो संशोधनको विरुद्धमा काठमाडौँमा सडक आन्दोलन गरेका छन् ।

जसपाले राजधानीमा विदेशी बुहारी र ज्वाईलाई नागरिकता माग्दै प्रर्दशन गरेका छन् । नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेजीको माग गर्दै जसपाले काठमाडौँमा प्रदर्शन गरेको हो । जसपाले एक हातले विदेशी महिलालाई सिन्दुर र अर्को हातमा नागरिकता पाउनेपर्ने व्यवस्थाको माग गर्नुले नेपालको राष्ट्रियता माथि नै धज्जी उडाएको छ । विश्वमा कहि नभएको माग राखी आन्दोलन गर्नुले नेपाललाई पनि फिजि बनाउने खेलमा जसपा लागेको देखिन्छ । नागरिकता जस्तो संवेदनशिल कुरालाई सामान्य रुपमा लिई आन्दोलन गर्नु नेपाली राष्ट्रियता माथि धावा बोलेका छन् भने भारतको गोटी बनेको देखिएको छ । नेपालमा सडक आन्दोलन गर्नु र भारतीय मिडियाले दिएको प्रस्तुति मेल खानुले जसपाले नेपालको धावा बोलेको देखिन्छ ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को पर्वाह नगरी सामाजिक दुरी समेत कायम नगरी प्रर्दशन गरेका हुन् । जसबाट संक्रमण फैलिन खतराको सम्भावना बलियो रहेको छ । सरकारले कोरोना नियन्त्रण गर्न नसकेको भन्दै आरोप लगाउदै आएको जसपाले आफ्नै करिव केही सयको सख्याको जुलुस भने व्यवस्थित गर्न सकेन । अधिकाशंको मुखमा मास्क भएपनि भौतिक दुरीको पनि धज्जी उडाइएको छ । काठमाडौँमा पछिल्लो समय दैनिक संक्रमित फेला परिरहेका बेला सामाजिक दुरी कायम नगरी गरिएको प्रर्दशनबाट जोखिम फैलिए कसले जिम्मेवारी लिने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०