हिमालय एअरलाइन्स र हुवावेबीच रणनीतिक सम्झौता: स्मार्ट सिल्क रोड सृजना गर्ने

काठमाडौँ, १६ असार । काठमाडौँ स्थित हुवावे कम्पनीको कार्यालयमा आयोजित एक हस्ताक्षर समारोहमा हिमालय एअरलाइन्स् र हुवावे क्लाउड, चिनीयाँ बहुराष्ट्रिय प्रविधि कम्पनीबीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

जून २८, २०२० का दिन भएको हस्ताक्षर कार्यक्रममा सूचना तथा संचार प्रविधि (आइ.सी.टी) का उपज र समाधानका उपायहरुबाट अधिकत्तम लाभ लिने क्रममा सूचना र संचार प्रविधि सेवा प्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थान ओगटेको हुवावेले हिमालय एअरलाइन्स्लाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवा मार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदान गर्ने भएको छ । हिमालय एअरलाइन्स्लाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई संजाललाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको जनाइएको छ ।

कार्यक्रममा भर्चुअल माध्यम मार्फत नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको समुपस्थिति रहेको थियो । सम्झौतामा हिमालय एअरलायन्स्का अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गर्नुभयो ।

दुवै संस्थाहरुलाई बधाई दिदैँ नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बी.आर.आई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको भनाई व्यतm गर्नुभयो । उहाँले यी दुई कम्पनीहरुका साथसाथै नेपालमा चिनीयाँ लगानी रहेका अन्य कम्पनीहरुले परम्परागत मानसिकताबाट सृजित बाधाहरुलाई तोडी र अधिक नवीनतम विधिहरु अपनाउदै महामारी अवधि पश्चात उपयुतm व्यावसायिक प्रारुपहरु सृजना गर्न तथा यसबाट नेपाल र चीनबीचको बी.आर.आई सहकार्यमा समेत सार्थक योगदान हुने आशा गर्न सकिने अपेक्षा गर्नुभयो ।

तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्गले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्स्ले योगदान पु¥याएको स्पष्ट पार्नुभयो । उहाँले हुवावेको उन्नत सूचना प्रणालीको मद्दतद्धारा हिमालयले उत्कृष्ट व्यवस्थापन तथा संचालन, वीन (वीन विकास प्राप्त गर्ने पनि आशा व्यक्त गर्नुभयो । साथै, तिब्बत क्षेत्रले बाह्य लगानी उद्यमका क्षेत्रहरुको विकासमा सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजीटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास प्रकट गर्नुभयो । सफ्टवेयर, उपकरण र अन्य सेवाका क्षेत्रहरुमा द्विपक्षीय सहकार्यको आधारमा यस हवाई उद्योगको प्रगतिका लागि एकजुट भई नवीनता र समाधानहरुको खोजीबाट तेश्रो पक्ष सहकार्यका लागि स्वागत गर्नुभयो ।

हिमालय एअरलाइन्स्को उड्डयन क्षेत्रको अनुभवलाई आत्मसात गर्र्दै यस अवसरको उचित प्रयोग गरी हिमालय एअरलाइन्स्को डिजीटल रुपान्तरणका साथ प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्वि गरी व्यवसायिक सम्भाव्यता वृद्वि गर्न सकिने व्यहोरा हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनले उल्लेख गर्नुभयो ।

आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइ.सी.टी प्रविधिहरु (हुवावे क्लाउड र ए.आई) मा सहकार्य गर्नेछ । यसमा विद्यमान आइ.सी.टी प्रविधि उपकरणहरुको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको विक्रि तथा वित्त प्रणालीका लागि क्लाउड प्लाटफर्मको निर्माण गर्ने लगायतका कार्यहरु पर्नेछन् । भविष्यमा हिमालय एअरलाइन्स्, हुवावे र अन्य तेश्रो पक्षहरुसँग यात्रु र र्गो यातायात प्रणालीसँग सम्बन्धित सम्पूर्ण किसिमका सहकार्यहरुका लागि तत्पर रहेको जनाएकोछ ।

हिमालय एअरलाईन्स् प्रा.लि.को बारेमा

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र दसवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एयरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एयरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग, गुइयाडं, चाडंशा, शेन्जेङ्ग र छोड्ंछिडं्मा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एयरलाइन्स् एक मात्र एयरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एयरलाइन्स् हो ।

हिमालय एयरलाइन्स्ले अहिले ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक ए३१९–११५ एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । एयरलाइन्स्को निकट भविष्यमा ल्हासा उडान सुरु गर्ने योजना छ ।

व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । हिमालय एयरलाइन्स् उत्कृष्टता प्राप्त गर्न र उड्डयन क्षेत्रमा उच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एयरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १० असोज । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, १० असोज । हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको र उत्तर–पुर्व सर्दै गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, १० असोज । आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड १९ को

काठमाडौँ, १० असोज  । कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा