सरकारी कलेजलाई निकम्मा बनाएर कानुनी शिक्षाको ब्यापार अस्वीकार्य: सहसंयोजक तामाङ

काठमाडौँ, १६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सरकारी कलेजलाई निकम्मा बनाएर कानुनी शिक्षामा व्यापार गर्ने कुरा स्वीकार्य हुन नसक्ने चेतावनी दिनुभएको छ ।

त्रिभुवन विश्व विद्यालयले कानुनी उच्च शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जनका लागि राय सुझाव पेश गर्न भनि बनाएको कार्यदलको प्रतिवेदनप्रति गम्भिर आपत्ती जनाउँदै सहसंयोजक तामाङले निजि क्षेत्रलाई सम्बन्धन दिने र निजी क्षेत्रलाई कलेज सञ्चालनको वातावरण बनाउने कुरा घोर आपत्तिजनक रहेको बताउनुभएको छ ।

सार्वजनिक शिक्षामा जोड दिँदै देशभरका त्रिवि आंगिक कलेजलाई कानुनी संकायलाई विस्तार र व्यवस्थापन गरिनुपर्नेमा जोड दिँदै उहाँले उक्त प्रतिवेदन खारेज गर्नुपर्ने समेत माग गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भन्नुभएको छ, ‘त्रिभुवन विश्वविद्यालयले कानुनी उच्च शिक्षाको सुधार, पुनरालोकन र परिमार्जनका लागि राय सुझाव पेश गर्न भनि बनाएको कार्यदलको प्रतिबेदन प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त प्रतिबेदनका अन्यकुरामा सहमत भएपनि निजि क्षेत्रलाई सम्बन्धन दिने र निजि क्षेत्रलाई कलेज सञ्चालनको वातावरण बनाउने कुरा घोर आपत्तिजनक छ ।

सार्वजानिक शिक्षामा जोड दिदै देशभरिका त्रिबि आंगिक कलेजमा कानुन संकायलाई बिस्तार र ब्यवस्थापन गरिनुपर्छ । सरकारी कलेजलाई निकम्मा बनाएर कानुनी शिक्षामा ब्यापार गर्नेकुरा पुर्णतया गलत छ । उक्त प्रतिबेदन खारेज गरिनु पर्छ । सम्बन्धित निकायको ध्यानाकर्षण होस ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक