कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पार्टीको १४ औं महाधिबेशनको कार्यतालिका परिमार्जन गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकले केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिबेशनको मिति परिमार्जन गर्ने कांग्रेसले जनाएको छ ।

गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिबेशन आगामी फागुन ७-१० काठमाडौँमा गर्ने सर्वसम्मत निर्णय गर्दै महाधिबेशन कार्यतालिका तय गरेको थियो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी कात्तिक १६ गतेदेखि गाउँरनगर वडा अधिबेशनबाट सुरु हुने भनिएको कांग्रेसको महाधिबेशन कोरोना भाइरसका कारण प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक