साफ च्याम्पियनसिप एक वर्षका लागि सर्‍यो

काठमाडौँ, १६ असार । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले कोरोना भाइरस (कोभिड १९)का कारण साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको जनाएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सदस्य सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवसँग सोमबार जुम मार्फत गरेको छलफलपछि प्रतियोगिता २०२१ का लागि सार्ने निर्णय गरेको हो । साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो ।

यसै बैठकले साफ यू-१५ च्याम्पियनसिप, साफ यू-१५ साफ महिला च्याम्पियनशिप र साफ यू-१८ महिला च्याम्पियनसिप पनि स्थागित गरिएको छ । हालको परिस्थितिलाई ध्यानमा राख्दै युवा प्रतियोगिताको सन्दर्भमा भने कोरोनाको स्थितिको समीक्षा गर्दै सेप्टेम्बरको शुरुमा बस्ने बैठकसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र