महामारीको सबैभन्दा खराब समय आउनै बाँकी छ : डब्ल्यूएचओ

एजेन्सी, १६ असार । डब्ल्यूएचओले पनि यो महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको बताएकाे छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने बताए ।

एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं ।’

‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेको छ । संसारभरी १ करोड संक्रमित र पाँच लाख व्यक्तिको मृत्युपछि पनि विश्व स्वास्थ्य संगठनले भाइरस फैलन पहिचान गरेका समस्या जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकजुटतामा कमी, विभाजित देशलगायतलाई सुल्झाउन नसकेको खण्डमा खराब समय त अझै आउनै बाँकी छ ।’

टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन् । अहिलेसम्म विश्वभर काेराेनाभाइरसबाट १ कराेड ४ लाख संक्रमित भएका छन् भने ५ लाख ७ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल