विश्वभर कोरोनाबाट उपचारपछि घर फर्किनेको संख्या ५६ लाख ४६ हजार नाग्यो

काठमाडौँ, १६ असार । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ५६ लाख ४६ हजार ८१६ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ४० लाख १ हजार १६२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ५ लाख ७ हजार ४९९ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ११ लाख ४ हजार ७३६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ७ लाख ५७ हजार ४६२ जना, रसियामा ४ लाख ३ हजार ४३०, भारतमा ३ लाख ३५ हजार २७२ र चिलीमा २ लाख ३६ हजार १५४ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २६ लाख ८१ हजार ४०६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १३ लाख ७० हजार ४८८ जना, रसियामा ६ लाख ४१ हजार १५६ जना, भारतमा ५ लाख ६७ हजार ५३६ जना र बेलायतमा ३ लाख ११ हजार ९६५ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २८ हजार ७७४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५८ हजार ३८५ जना, बेलायतमा ४३ हजार ५७५ जना, इटालीमा ३४ हजार ७४४ जना र फ्रान्समा २९ हजार ८१३ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ जना रहेको छ । ३ हजार १ सय ३४ जना उपचारपछि घर फर्किएका छन् भने आज सम्म २९ जनाको मृत्यु भईसकेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १५ असोज । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।  क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप

इरुवा, १५ असोज । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन

काठमाडौँ, १५ असोज । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा

काठमाडौँ, १५ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल १/१ जना गरि थप