बायर्नले उचालो आठौं बुण्डेसलिगा उपाधि

एजेन्सी, १४ असार  । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा वल्फसवर्गलाई ४-० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ । दुई खेलअघि नै उपाधि पक्का गरिसकेको बायर्नले शनिवार फराकिलो जितपछि च्याम्पियन ट्रफी समेत उचालेको छ । बायर्नको यो लगातार आठौं बुण्डेसलिगा उपाधि हो ।

बायर्नका लागि खेलको चौथो मिनेटमै किंग्सले कोमनले गोल गर्दै अग्रता दिलाएका थिए । ३७औं मिनेटमा माइकल कुइसेनले गोल गर्दै पहिलो हाफमा बायर्नको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा वल्फ्सवर्ग दश खेलाडीमा झरेपछि बायर्नले दुई गोल थप्यो । ७१औं मिनेटमा जोसुख गुइलाभोगीलले पेनालटी एरियामा फाउल गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिए । त्यसैमा प्राप्त पेनाल्टीमा रोवर्टो लेवान्डोस्कीले गोल गर्दा बायर्नले ३-० को अग्रता बनायो । यस सिजन लेवान्डोस्कीको यो ३४औं गोल हो र उनी सर्वाधिक गोलकर्ता समेत बने ।

यस्तै ७९औं मिनेटमा थोमस मुलरले बायर्नका लागि चौथो गोल गरे । जितपछि बायर्नले ३४ खेलबाट ८२ अंक जोड्दै सिजन सकाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र