एजेन्सी, १४ असार । स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा शनिबार राती भएको खेलमा एट्लेटिकोले अलाभेसलाई २–१ गोलले पराजित गरेको हो ।
एट्लेटिकोको जितका लागि सउल निगुइज र डिएगो कोस्टाले एक एक गोल गरे । जितसँगै एट्लेटिको ३२ खेलबाट ५८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा यथावत छ । यता पराजित अलाभेस भने समान खेलबाट ३५ अंक जोड्दै १५ औं स्थानमा छ ।





