काठमाडौँ, १३ असार । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो । शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कारोबारलाई खुला गर्ने निष्कर्षमा पुगेको थियो । तर त्यसलाई औपचारिकता दिन बोर्डको सञ्चालक समितिको बैठक आइतबार बस्दैछ ।
आइतबारको बैठकले शेयर बजार खुला गर्ने सम्बन्धमा निर्णय गर्ने अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।





