विदेशबाट फर्किएका नेपालीलाई हमालको यस्तो अपिल

काठमाडौँ, १२ असार । नायक राजेश हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरूलाई कवितामार्फत स्वागत गरेका छन् ।

भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘हरेक दिन हजारौंहजार हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो घर फर्किँदैछन् । आउनुहोस् उहाँहरूलाई न्यानो स्वागत गरौं ।’

‘ऊ छोरा कसैको, ऊ छोरी कसैकी, ऊ बुबा कसैको, ऊ आमा कसैकी । दाजु, दिदी, श्रीमती पनि । जे हुन् तर होइनन् पराइ । जे हुन् आफ्नै त हुन् नि ।’ हमालले कोरोना भाइरसको सन्त्रासपछि विदेशबाट फर्किएका नेपालीहरू किन पराइ भए भनेर पनि प्रश्न गरेका छन् ।

उनले सबै नेपालीहरूलाई नमस्ते गर्दै स्वागत गर्न पनि अपिल गरेका छन् । उनले विदेशबाट नेपालीलाई घर फर्किन आग्रह समेत गरेका छन् । हमालले अब कतै पनि जानु पर्दैन भन्दै नेपालमै केही गर्न विदेशबाट नेपाल फर्किएका र फर्किँदै गरेका नेपालीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल