एजेन्सी, १२ असार । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ ।
बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २-१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो ।
यस जितसँगै शीर्षस्थानको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन ।
लिभरपुलले लिगमा ८६ अंक बटुलिसकेको छ । लिभरपुलले अझै ७ खेल खेल्न बाँकी छ ।







