एजेन्सी, ११ असार । स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुन फर्किएको छ ।
गएराति भएकाे खेलमा मालोर्कालाई २-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड लिगको शीर्ष स्थानमा फर्किएको हो ।
जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक रहेको छ ।






