काठमाडौँ, १० असार । स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो । बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे । जितपछि बार्सिलोनाले तीन अंक जोड्यो । बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ ।




