काठमाडौँ, ९ असार । अण्डाको माग बढेपछि अण्डा उत्पादक संघले मूल्यवृद्धि गरेको छ ।
लकडाउन खुकुलो भएसँगै अण्डाको माग बढेको तर उत्पादन कम भएकोले मूल्यमा वृद्धि गरेको बताइएको छ । २८५ रुपैयाँ पर्ने क्यारेटको मूल्यमा २० रुपैयाँ वृद्धि गरी ३०५ रुपैयाँ पुर्याएको छ । लकडाउनको शुरुवातमा प्रति क्यारेट २४० रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २६० रुपैयाँ प्रति क्यारेट मूल्य कायम भएको थियो ।
लकडाउन खुकुलो हुने हल्ला भएपछि एकैचोटी २५ रुपैयाँ वृद्धि गरेकोमा हिजो मात्र पुनः २० रुपैयाँ वृद्धि गरेको छ । किसानको फर्ममा ३०३ रुपैयाँ पर्ने अण्डाको क्यारेट उपभोक्ताको भन्सासम्म पुग्दा ३५० देखि ३६० सम्म पर्ने भएको छ ।





