योगाको इतिहास र वर्तमान आवश्यकता

झपिन्द्र कुमार खत्री

योग एउटा विज्ञान हो, योग र ध्यान साधना हाम्रो प्राचिन सभ्यताको मौलिक उपज हो । योगाको इतिहास अधिक पुरानो र लामो छ । ब्रहमाण्डको उत्पतिसँगै योगाको उत्पति भएको मानिन्छ । ६००० बर्ष अगाडिको समयदेखी पतंजली योग दर्शन रहेको मानिन्छ र पतंजली साधारण मानिस थिए र उनी ध्यान गर्दथे । पतंजलीको औषधी र योगा उपचार मार्फत उनि प्रख्यात थिए र आज विश्वव्यापी रुपमा पतंजली औषधि र योगा प्रख्यात छ । योग दर्शनले इश्वरलाई मान्दैन, धर्म आस्था हो तर योग प्रयोगात्मक छ । पूर्वजहरुको जीवनपथ योगा थियो । त्यस वेला धर्तीमा मानवहरुले अनेक प्रकारका चमत्कार गरेका थिए र सांख्य दर्शन (सहि ज्ञान) योगको सुरुवात भएको मानिन्छ र कपिलमुनी ऋषीले सुरु गरेको भनाई छ । ५०० बर्ष पुरानो योगा आसनको आकृति त्यस बेलाको चित्रबाट जानकारी हुन्छ, योगको मुद्रा आसनमा बसेको भद्रासनमा बसेको देख्न सकिन्छ । ३०० बर्ष अगाडी मन्दिरहरुमा महिला र पुरुष दुबैको चित्रबाट योगाको आसनलाई स्पष्टसँग संकेत देख्न सकिन्छ । बर्षौ पुराना शिलालेख हरुमा हडप्पा सभ्यतामा पर्ने योग कद, चिन्ह भेटिन्छन । गायत्री मन्त्रबाट पनि योगको विस्तार थाहा हुन्छ जुन मन्त्रको अन्तिममा धिमहिः शब्दको अर्थ ध्यान गर्नु हो । ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद मा पनि योग र ध्यानको चर्चा गरिएको छ । पतंजली दर्शन भन्दा करिब ३०० बर्ष पहिले भगवान बुद्धले ज्ञानको खोजीको शिलशिलामा ध्यान गरे र बुध्द्वत्व ज्ञान हाशिल गरे । बुद्धको कठोर तपस्याको आसन योगा थियो जुन पदमासन थियो र बैशाख पुर्णिमाको दिन ज्ञान प्राप्त भएको थियो र सात दिन केहि नखाई उभिएर दाया बाया नहेरी क्रियासनमा ध्यान गरे, त्यो पनि योगको आसन थियो । मूर्तिकार हरुले मुर्तिको निर्माण गर्दा ध्यान मार्फत चित्र उतार्ने गर्दछन् । ध्यान विना ज्ञान र योग विना वल र चेतना प्राप्त हुदैन । अरुजाई जित्नु वीर हुनु हो र आफैलाई जित्नु महावीर हुनु हो त्यो योगको माध्यमबाट सम्भव हुन्छ । विभिन्न वेदहरुमा योगको बर्णन गरिएको छ, जस्तै मछिन्द्रयोग, नेपालमा पनि मछिन्द्रनाथको मन्दिरमा पनि मछिन्द्र योगासनका चित्रहरु देख्न सकिन्छ । सन् १८९३ मा सिकागो योग सम्मेलनमा योगलाई विज्ञानको रुपमा ब्याख्या भएको थियो । योगलाई ब्यबस्थित र संगठित पतंजली योग दर्शनले गरेको पाइन्छ । जीवनलाई घनिष्टतासँग जोड्ने कार्य पतंजली योग दर्संले गर्यो । ब्रम्मा, शिव, मछेन्द्र, पतंजली, रामदेव हुदै आज विश्वका करिब १८० वटा मुलुकमा योगालाई ग्रहण गरिएको पाइन्छ भने २१ जुनलाई योगा दिवसको रुपमा मनाउँदै आइरहेको पाइन्छन । आज नेपालमा पनि पतंजली, बाबा रामदेव, आर्ट अफ लिभिंग र विभिन्न संघ सस्थां मार्फत योगाको ब्यापक विकास भैरहेको छ ।

पतंजली योग दर्शनका आफ्नै नियम छन् । योगका आठ अङ्ग हुन्छन, क्रमशः जुन यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन् । यम र नियम का ५ नियम हुन्छन । यममा –अहिंसा, सत्य, असत्य, अपरिग्रह र ब्रहामचार्य त्यस्तै नियममा– सोंच, सन्तोष, तप, स्वाध्याय र इश्वरर्प्रानिध्याय आदि । स्वामी रामदेवले पुष्टि गरेका छन् कि नियमित योगाको क्रियाले मानिसको शरीरको तौल आधा घन्टामा ५००–८०० ग्राम सम्म घटाउन सकिन्छ र स्वास प्रणाली लाई राम्रो बनाउन सकिन्छ । शरीर स्थिर बनाइ स्वासलाई नियन्त्रणमा लिई सुरक्षित गर्ने प्रक्रियालाई प्राणायाम भनिन्छ । यसले चंचल मन काबुमा राख्दछ र चेतनालाई शुद्ध बनाउँदछ । गंदरुपी आहारलाई परित्याग गरि प्रत्याहारको प्रक्रियालाई योगाले व्यवस्थित गर्दछ ।

आर्ट अफ लिभिंग पनि एउटा महत्वपूर्ण योगा सिकाउने सस्थ हो । विश्वका करिब १५६ वटा मुलुकमा यसको शाखा छ र सन् १९९२ मा यसको स्थापना भएको हो । समाजका सबै क्षेत्रमा योगाको उपादेयता छ । आर्ट अफ लिभिंगका सस्थापक श्री श्री रवि शंकर हुन् । योगा एक जीवनको यात्रा हो जसको माध्यमबाट शुख, शान्ति ज्ञान र संस्कृति प्राप्त गर्न सकिन्छ । यसको नियमित प्रयोगले मानिसको दिमाग लाइ सन्तुलित र स्वस्थ राख्दछ र मानिसलाई शान्तिसँग बाच्न प्रेरित गर्दछ । शरीरले चाहिने भन्दा धेरै खानेकुरा पचाउन सक्दैन र भयानक रोग निम्त्याउँछ र खानपिनमा ध्यान दिनु जरुरि हुन्छ तर यो योगाको माध्यमबाट यसलाई निराकरण गर्न सकिन्छ । आर्ट अफ लिभिंगको योगको नियमित लगाव गर्न सकियो भने हामीले हाम्रो शरीरलाई व्यवस्थापन गर्दै जीवनलाई राम्रो बनाउन सक्छौ । यस योगा र ध्यान भित्र भ्रात्सिका, प्राणायाम र उज्जयी लगायतका योगहरु पर्दछन् जुन हाम्रो दैनिक जीवनमा प्रयोग गरि जीवनलाई खुसि र आनन्दमय बनाउन सक्छौ । योगाको नियामित क्रियाले दिमागलाई पूर्वाग्रहबाट मुक्त बनाउन सक्छौ र सत्य बाटोमा हिड्न थाल्छौं ।

शरीर र मनको प्रशोधन योग हो । योगा संकृति हो, जीवनको सारथी र यात्रा हो । योगको माध्यमबाट मानव शरीरका हरेक अंग जति चाल र गतिप्रदायक हुन्छन त्यतिनै उर्जा र बल प्राप्त हुन्छ । यसले पुरै शरीरको प्रणालीलाइ सहि ठाउमा राख्दछ । भौतिक शरीर, मानसिक अवस्था र शारीरिक अनुभूतिलाई सन्तुलनमा राख्न र स्ट्रेस कम गर्न योगा फलदायी हुन्छ । आजको दुनियामा योगा धेरै नै महत्वपूर्ण कुरा भएको छ र दैनिक जीवन मा दिमागलाई सन्तुलन राख्न आवश्यक बनेको छ । मानिसको जीवनलाई सुखी, खुसि र सामान्य बनाएको छ । मानिसहरु कडा परिश्रम र गम्भीर चिन्तन गर्ने गर्दछन भने धेरै कारण बाट दिमागलाई असर गरिरहेको हुन्छ, स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ र योगको माध्यमबाट यसलाई निराकरण गर्न सकिन्छ । यदि हामीले नियमीत योगा गरिरहने हो भने सबै जसो समयमा स्वस्थ भएर चिन्तन मनन गर्न सकिन्छ । कुनै काम गर्दा र त्यसलाई प्रोत्साहन गर्दा योगको प्रयोगले सहि निर्णय लिन सहयोग पुग्दछ । थकाइले जटिलता ल्याउने गर्दछ, समाजमा क्रियाशील सबै मानिसहरु आफ्नो क्षेत्रको नेतृत्व गर्नबाट पछी हट्ने अवास्था आउने गर्दछ त्यसवेला योगा आवश्यक हुन्छ ।

सन् १०१५ बाट संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइदै आएको छ । नेपालमा हरेक वर्षको माघ महिनाको १ गते लाइ रास्ट्रिय योग दिवसको रुपमा मनाइदै यसको थालनी गरिएको छ । यस समयमा सम्पूर्ण विश्वभरि र नेपाल पनि कोरोना भाइरसको महामारिसँग जुधिरहेको छ । कोरोना भाइरसको भ्याक्सिन पत्ता नलागी सकेको सन्दर्भमा हामीले पौष्टिक आहार, योगा, ध्यान र उच्च मनोवल अनिवाय कुरा हुन् । यस अवस्थामा शरीरमा उर्जा र शक्ति प्राप्त गर्नका लागि योगा महत्वपूर्ण पाटो बनेको छ । युरोपियन हरुको दैनिकी बिहानको योगाबाट सुरु हुन्छ । एसिया अमेरिका लगायत विश्वका करिब सबै जसो देशका मानिस योगाबाट प्रभावित छन् । आज योगा भौतिक शरीरको वजन कम गर्न प्रयोगमा छ र यस योगा ध्यान गरेमा ब्रेनलाई सन्तुलित राख्दछ, निर्णय गर्ने, चिन्तन गर्न सक्ने र शरीरलाई बलियो बनाई राख्न मद्दत गर्दछ । योगा जीवनको यात्रा हो जति योग नियमित गर्यो मानिसलाई खुशी र प्रेम भाव दिन्छ र समाज बदल्ने सहि सोंचको विकास गर्दछ । योगले जीवनलाई एकीकरण, विविधिकरण र आशावादी बनाउछ जुन एउटा स्वस्थ मानिस बन्न आवश्यक र अनिवार्य छ ।

धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ