बलिउड निर्देशक करणले ट्विटरबाट सयौं चलचित्रकर्मीलाई गरे अनफलो

काठमाडौँ, ६ असार । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि भारतमा धेरै टिका टिप्पणीहरु चलिरहेको छ ।

बलिउड फिल्म निर्देशक करण जौहरमाथि पनि आरोप आउन थालेपछि उनले आफ्नो ट्विटरबाट सयौं चलचित्रकर्मीको अकाउन्ट ‘अनफलो’ गरेको जनाइएको छ ।

बलिउडमा सुशान्तलाई स्थान नदिएको भन्दै करणको एकदमै आलोचना भइरहेको छ । त्यति मात्र नभइ अदालतमा एक वकिलले करणसहित आठ जनालाई सुशान्तको मृत्युको कारणु भन्दै फौजदारी मुद्दा पनि हालिसकेका खबर बाहिरिएको छ ।

अहिले उनका एक लाखभन्दा बढी फलोअर कम भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । भारतीय सञ्चार माध्ययमहरुका अनुसार करणले पनि आफूले ट्विटरमा फलो गर्ने धेरैलाई अनफलो गरेका छन् ।

हाल करणको ट्विटर अकाउन्टबाट जम्मा आठ वटा अकाउन्टलाई मात्र फलो गरिरहेका छन् । तिनीहरुमध्य चलचित्र क्षेत्रका अमिताभ बच्चन, शाहरुख खान र अक्षय कुमारलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल