आन्तरिक ऋण उठाउँदैमा नीजि क्षेत्रलाई असर गर्दैन : मन्त्री खतिवडा

काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आन्तरिक ऋण उठाउँदैमा नीजि क्षेत्रको लगानी नघट्ने दावी गर्नुभएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस भन्‍ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खतिवडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भी (ख) सेप रिकभरी हुने स्थिति अझै पनि रहेको बताउनुभयो । राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको समेत अर्थमन्त्री डा. खतिवडाले कोभिडको जोखिमले अर्थतन्त्रमा ल्याएको शिथिलताको अवस्थामा सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । नीजि क्षेत्रको लगानी बढाउन विभिन्‍न क्षेत्रहरुलाई खुल्ला गरिएको अर्थमन्त्री डा. खतिवडाले बताउनुभयो ।

अर्थतन्त्रको रिकभरी भीसेपमा हुन सक्ने बताउँदै मन्त्री खतिवडाले उनले भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदासमेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भूकम्पपछिको पुनर्निर्माणमा पनि यो धेरै विषय चलेको थियो कि अब अर्थतन्त्र थला पर्‍यो उठ्नै सक्दैन भन्‍ने विषय उठेको थियो । त्यो बेला हाम्रा आर्थिक संरचना पनि भत्किएका थिए । तर हामीले भीसेपको रिकभरी गर्‍यौं । भूकम्पपछिको पुनस्निर्माणको चरणमा । त्यसैले हाम्रो इतिहास, हाम्रो अनुभव र हाम्रा प्रयासहरूलाई हेर्ने हो भने हामी फेरि पनि भीसेपको रिकभरीमा जान सक्छौं ।’

बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिने लगायतका विषयमा सरकारले जोड दिएको स्पस्ट पार्दै उहाँले मुलुकमा झण्डै तीन चौथाइ लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले बिर्सिन नसक्ने बताउनुभयो । मुलुकको खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, रोजगारीको सुरक्षा र स्वास्थ्य सुरक्षासम्बन्धी विषयमा आत्मनिर्भर हुने गरी आर्थिक गतिविधिलाई अगाडि बढाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘मुलुकभरीमा आम्दानीको उपभोगलाई कटाएर रहेको रकमको एकतिहाइ जति सरकारले लिन खोजेको हो । त्यो लगानीको अनुपातमा हो । निजी क्षेत्रलाई बाहिरबाट लगानी ल्याउन प्रोत्साहित गर्नको लागि बाहिरबाट जुन ऋण ल्याउनुहुन्छ हाम्रो बैंकिङ प्रणालीको मित्रहरुले त्यो ल्याउने ऋणमा त्यसलाई निक्षेपको रुपमा लिने हो भने टिडिएसको रुपमा घटाइदिएको छ । ता कि बैंकहरुले पनि विदेशबाट ऋण परिचालन गरेर पनि लगानी बढाउन सकुन् भनेर अरु स्रोतहरु पनि निजी क्षेत्रको लागि खुला गरिदिएको छ । त्यसैले सरकारले बजारबाट पैसा आफ्नो विकास खर्च पूरा गर्न उठाइरहँदा निजी क्षेत्रलाई पुग्‍ने गरी र नपुग भएमा विदेशबाट समेत परिचालन गर्ने व्यवस्था गरेको छ । त्यसले गर्दा खेरी सरकारले आन्तरिक ऋण उठाउने कारणले निजी क्षेत्रलाई उपलब्ध हुने श्रोत संकुचित हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार

काठमाडौँ, ८ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै

वि.सं.२०७७ साल असोज ०८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४० । मेष

काठमाडौँ, ७ असोज । थप ११ सय ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८ सय