आज पाँच देशबाट नेपाली स्वदेश फर्कंदै

काठमाडौँ, ५ असार । आज विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पाँचवटा उडान हुने भएको छ ।

साउदी, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि प्रत्येक देशबाट एक एक उडान हुने भएको हो ।

यूएईबाट नेपाल एअरलान्समार्फत १४८ जना स्वदेश फर्कने छन् । स्वदेश फर्कनेमध्ये अधिकांश गर्भवती महिला रहेका दूतावासले जनाएको छ ।

जहाज यूएईको स्थानीय समयअनुसार राती १ बजेर २५ मिनेटमा दुबईबाट काठमाडौँका लागि उड्नेछ । बिहान काठमाडौँ आइपुग्नेछ । जहाजले एउटा शव पनि ल्याउने छ । यस्तै आज नै साउदीबाट १८० जना काठमाण्डौ फर्कनेछन् ।

हिमालय एअरलाइन्सको जहाज राति साउदीबाट नेपालका लागि उड्ने र  बिहान ६ बजेर ५० मिनेटमा काठमाडौँ आइपुग्नेछ । यस्तै माल्दिभ्सबाट पनि १५० जना स्वदेश फर्कनेछन् । आज नै कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कने छन् । तर कुवेत र कतारबाट कति नेपाली फर्कन्छन् भन्ने सङ्ख्या भने यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । 

काठमाडौँ, ९ असोज । हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको जल