विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार नाग्यो

काठमाडौँ, ५ असार । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ८५ लाख ७० हजार १६२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ४५ लाख ८ हजार ९२३ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २० हजार ६८८ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४७ हजार ८६९ जना, बेलायतमा ४२ हजार २८८ जना, इटालीमा ३४ हजार ५१४ जना र फ्रान्समा २९ हजार ६०३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ६३ हजार ५२६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ९ लाख ८३ हजार ३५९ जना, रसियामा ५ लाख ६१ हजार ९१ जना, भारतमा ३ लाख ८१ हजार ९१ जना र बेलायतमा ३ लाख ४६९ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा ९ लाख ३० हजार ४४९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ५ लाख ३ हजार ५०७ जना, रसियामा ३ लाख १३ हजार ९६३, भारतमा २ लाख ५ हजार १८२ र चिलीमा १ लाख ८६ हजार ४४१ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । थप १३ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय

डोटी, ९ असोज । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको