गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ

काठमाडौँ, ५ असार । चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण बनेको हो ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार धावनमार्गको लाइट फिक्स्चर र ब्यागेज ह्यान्डलिङ सिस्टमको कन्भेएर बेल्ट मुख्य रूपमा आउन बाँकी उपकरण हुन् । आउन बाँकी उपकरण चीनबाट अझै ढुवानी हुन नसकेको आयोजना प्रमुख अधिकारीले बताए ।

“अहिले चीनमा उपकरण प्याकिङ गर्ने र बैङ्किङ कागजात मिलाउने प्रयास भइरहेको छ, त्यो सकिएपछि उपकरण नेपाल आइपुग्न सडक मार्ग हुँदै कम्तीमा एकदेखि डेढ महिना लाग्छ ।’’ अरू उपकरण ९५ प्रतिशत आइसकेका छन् । लाइट फिक्स्चरजस्ता उपकरण नेपाली प्राविधिकले जडान गर्न सके पनि कन्भेयर बेल्ट जडान गर्न विदेशबाटै प्राविधिक आउनु पर्छ । “अबको समस्या भनेको विदेशमा रोकिएका कामदार, उपकरण जडान गर्ने प्राविधिक र बाँकी उपकरण ल्याउनु हो । त्यसका लागि अन्तर्राष्ट्रिय उडान र स्थलमार्ग वा सामुद्रिक मार्ग खुल्ला हुनु जरुरी छ,”आयोजना प्रमुख अधिकारीले भने ।

आउन बाँकी उपकरण आएपछि जडानको कामका लागि कम्तीमा पनि साढे दुईदेखि तीन महिना लाग्ने आयोजना प्रमुख अधिकारीको भनाइ छ । उपकरणसँगै ३० देखि ४५ जनासम्म प्राविधिक जनशक्ति चीनबाट आउनुपर्ने र अन्तर्राष्ट्रिय उडान नहुँदा पनि जनशक्ति आउन समस्या भएको उनले बताए । विमानस्थलमा अहिले नेपाली र चिनियाँ गरी पौने तीन सय कामदारले काम गरिरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।