ज्योति लाईफ इन्स्योरेन्सको बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक

काठमाडौँ, ४ असार । ज्योति लाईफले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी सरल र विस्तृत जानकारीको लागि नेपाली जीवन बीमा उद्योगमा नै नौलो प्रयोगको रुपमा पहिलो पटक एनिमेसन भिडियो सार्वजनिक गरेको छ ।

ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना सम्बन्धी उक्त भिडियोमा यसका विशेषता तथा यसले गर्ने रक्षावरण सम्बन्धी सम्पूर्ण जानकारी समावेश गरिएको छ । नेपालमै सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध रु ५० लाख सम्मका आर्थिक सुरक्षा सहितको योजनाको साथ फरक पहिचान बनाएको यस कम्पनीले गरेको उक्त नयाँ प्रयोगले जनतालाई योजनाका महत्व सम्बन्धी सम्पूर्ण जानकरी प्रष्ट गराउने विश्वास लिएको छ ।

यस किसिमको भिडियोहरुबाट जनताले योजना खरिद गर्नु अघि नै सम्पूर्ण जानकरी प्राप्त गर्ने हुदाँ, उपयुक्त योजना खरिद गर्न मद्दत पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ज्योति लाईफ सदैव आफ्नो ग्राहकको सुरक्षाप्रति ध्यानाकर्षित हुँदै कार्य गरिरहेको साथै यसको प्रयोगले आफ्नो कम्पनी र यस सँग आबद्ध बजार प्रतिनिधीहरुलाई योजना सम्बन्धी जानकारी दिन सरल र छरितो हुने कुरामा कम्पनीका कार्यकारी प्रमूख प्रकाश विक्रम खत्री विश्वस्त रहनुका साथै चाँडै नै अरु योजनाहरुको भिडियो सार्वजनिक गर्ने कुरा जानकारी गराउनुभयो ।

उक्त भिडिया www.facebook.com/jyotilifeinsurance/videos/195223495117586  मा गई हेर्न सकिनेछ । “स्मार्ट सोचौं ज्योति लाईफ रोजौं” भन्ने नाराका साथ हाल लकडाउनका अवस्थामा कम्पनीद्वारा प्रदान गरिने सेवालाइ प्रविधिमैत्रि बनाई समाजिक दुरी कायम होस भन्ने उद्देश्यले बीमाशुल्क भुक्तानीको लगी अनलाईन भुक्तानी सुविधा र एजेन्ट तथा ग्राहक वर्ग दुवै आफ्नो मोवाइलबाट सम्पूर्ण जानकारी हेर्न मिल्ने मोबाईल एप धेरै अघि नै बजारमा ल्याई सकेकोछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । थप २ हजार २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५ सय

चितवन, २ असोज । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी

पोखरा, २ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

घोराही, २ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका