भारतबाट कोरोना टेष्ट गरेर पठाउने अपेक्षा गर्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ,  ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाल आउने नेपालीहरुको भारतमा कोरोना टेष्ट गर्ने भन्ने कुरा अपेक्षा नै गर्न नसकिने बताएका छन् ।

आज राष्ट्रिय सभामा बजेटमामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘भारतबाट कोरोना टेष्ट गरेर पठाउने अपेक्षै गर्न सकिँदैन । त्यो त एउटा हुल आएको हो । जव एक महिनामा २ लाख ४१ हजार ८६२ जना आउँछन् त्यो कुरै भएन ।’ उनले भारतबाहेक अरु देशबाट आउनेको भने टेष्ट हुने गरेको बताए ।

प्रधानमन्त्रीले ओलीले अहिलेसम्म बाहिरबाट आएकामा मात्रै संक्रमण देखा परेको भन्दै सरकारको सजगताका कारण समुदायमा फैलन नपाएको दावी समेत गरे ।

‘अहिलेसम्म बाहिरैबाट संक्रमित भएर आएका हुन् । यहाँ समुदायमा फैलिएको छैन’प्रधानमन्त्रीले बाहिरै संक्रमित हुन नदिन नसकिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । 

काठमाडौँ, ९ असोज । हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको जल