भूमि फिर्ता ल्याउन तीन तथ्य काफी छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, ४ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा  राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भन्ने तीन तथ्य नै काफी रहेको बताएका छन् ।

आज अद्यावधिक नक्सा निशान छापमा राख्न संविधान संशोधन गर्ने विधेयकमाथि राष्ट्रियसभामा आफ्नो धारणा राख्दै श्रेष्ठले ऐतिहासिक तथ्यका आधारमा भूमि नेपालकै हो भन्ने प्रष्ट हुने बताए ।

उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने तीन तथ्य नै काफी छ ।’ उनका अनुसार पहिलो तथ्य १८१६ को सुगौली सन्धिमा कालीनदी पश्चिमको भू-भाग भारतको रहेको उल्लेख छ । त्यसले काली पूर्व नेपाल भन्ने प्रष्ट देखियो ।

दोस्रो बुँदामा श्रेष्ठले नोभेम्बर २०१९ मा भारतले जारी गरेको राजनीतिक नक्सामा कालीनदी लिपुलेक नजिकको सानो खोल्सोलाई देखाएको र एक सातापछि उक्त कालीनदी नक्साबाट हटाएको उल्लेख गरे ।

‘कालीनदी लिम्पियाधुराको हो, कालापानी नजिकको खोल्सो होइन ।भारतले सात दिनपछि नक्सामा काली किन काट्योरु यसले प्रष्ट गर्छ जतिसुकै यताउता गरे पनि काली पूर्वको भाग नेपालको हो,’ उनले भने । यस्तै, तेस्रो बुँदामा उनले सुगौली सन्धिपछि कुनै पनि शासकले भारतलाई सन्धि या सम्झौता गरेर भूमि नदिएकोले सुगौली सन्धिमै उल्लेख भएअनुसार कालीनदी पूर्व(नेपाली भूमि भन्ने प्रष्ट हुने उनले बताए ।

उनले संवादबाटै सीमा समस्या हल गर्न नेपालले चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०